माल्दिभ्सले नेपाली डाक्टर र नर्सहरुलाई रोजगारी उपलब्ध गराउने

३ बर्ष अगाडि

काठमाडौं - माल्दिभ्सले नेपाली डाक्टर तथा नर्सहरुलाई रोजगारी उपलब्ध गराउने भएको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)सँग नेपालका लागि माल्दिभ्सका नवनियुक्त राजदूत डा. हसन नियाजले बिहीबार शिष्टाचार भेट गर्दै उक्त जानकारी दिएका हुन् । 

ललितपुरस्थित निवासमा भएको भेटवार्तामा नेपाल–माल्दिभ्स श्रम समझदारीको तयारीका साथै दुई देशबीचको आपसी सम्बन्ध र दुईपक्षीय चासोबारे छलफल भएको मन्त्री श्रेष्ठको निजी सचिवालयले जनाएको छ । 

सचिवालयका अनुसार भेटवार्तामा मन्त्री श्रेष्ठले नेपाली डाक्टर तथा नर्सहरुलाई माल्दिभ्समा रोजगारी उपलब्ध गराउन माल्दिभ्स सरकारबाट प्राप्त अनुरोधलाई नेपाल सरकारले सकारात्मक रुपमा लिएको बताए ।

३ बर्ष अगाडि

प्रतिक्रिया