भोलीबाट आइएमई जनरल इन्स्योरेन्सले ४६ करोड ३० लाख बढिको हकप्रद निष्काशन गर्दै, कति कित्ता ?

४ बर्ष अगाडि

काठमाडौं - आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले भोली आइतबारदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ४ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले एक सय रुपैयाँ अंकित दरका ४६ करोड ३० लाख ३४ हजार ४०० रुपैयाँ बराबरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद जारी गर्नेछ ।कम्पनीले हकप्रद निष्काशनका लागि फागुन १ गते बुकक्लोज गरेको थियो । जसअनुसार माघ २७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका कम्पनीका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन पाउनेछन् ।

कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धकका रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । हकप्रदमा ग्लोबल आइएमई क्यापिटल तथा आइएमई जनरल इन्स्योरेन्सका रजिष्टर्ड तथा शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत आवेदन दिन सक्नेछन् ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया