‘गरिमा डिबेञ्चर २०८५’ नेप्सेमा सूचीकृत, आइतबार देखि कारोबारमा

४ बर्ष अगाडि

काठमाडौँ- गरिमा विकास बैंकको ८.७५ प्रतिशत ब्याजदर भएको ‘गरिमा डिबेञ्चर २०८५’ नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा सूचीकृत भएको छ । 

अंकित मूल्य १००० कायम भएको १० लाख कित्ता ऋणपत्र आज नेप्सेमा सूचीकृत भएको हो । 

नेप्से र गरिमा विकास बैंकबीच आजै धितोपत्र सूचीकरण सम्झौता भएको हो । आइतबारबाट उक्त ऋणपत्र दोस्रो बजारमा कारोबार हुने नेप्सेले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया