नारी दिवसको अवसरमा अल्का अस्पतालले महिलाहरुको उपचारमा छुट दिने

३ बर्ष अगाडि

काठमाडौं- विश्व नारी दिवसको अवसरमा ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल प्रालिले महिलाहरुलाई उपचारमा छुट प्याकेज सार्वजनिक गरेको छ ।

अस्पतालले स्त्री रोग तथा प्रसुति सेवामा ओपिडीमा २० प्रतिशत, ल्यनव टेष्टमा २० प्रतिशत, शल्यक्रिया, आइभिएफ र आइयुआइमा १० प्रतिशत छुट दिने घोषणा गरेको हो ।

नारी दिवसको अवसरमा फागुन २२ गतेदेखि २७ गतेसम्म एक हप्ता महिलाहरुलाई छुट दिइने अस्पतालका प्रशासन प्रमुख भगवान केसीले जानकारी दिए । 

यसका साथै अस्पतालले ओमन्स डे स्पेशल हेल्थ्य प्याकेज कार्यक्रम पनि ल्याएको छ। जसमा सहुलियत दरमा महिलाहरुले आफ्नो स्वास्थ्य जाँच गर्न सक्नेछन ।

३ बर्ष अगाडि

प्रतिक्रिया