काठमाडौं- विश्वभरका शेयर बजारमा गिरावट आइरहेको छ। तर, भारतका शेयर बजारमा ‘बिग बुल’ उपनामले परिचित राकेश झुनझुनवालाको पोर्टफोलियोमा रहेको एउटा स्टकले राम्रो प्रतिफल दिइरहेको र लगानीकर्ताका लागि ‘मल्टिब्यागर’ स्टक साबित भइरहेको छ
भारतीय सञ्चार माध्यमका अनुसार रुस र युक्रेनबीच चलिरहेको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा एल्युमिनियमको मूल्य तीव्रगतिमा वृद्धि भइरहेको छ। जसको प्रभाव नेसनल एल्युमिनियम कम्पनी(एनएएलसीओ) को शेयरमा परेको छ।
रुसले विश्वको कुल एल्युमिनियम उत्पादनको ६ प्रतिशत उत्पादन गर्छ। यसका साथै रुस एल्युमिनियमको सबैभन्दा ठूलो निर्यातकर्ता मूलकमध्ये एक हो।
एनएएलसीओ शेयरमूल्य बितेको एक वर्षमा ११० प्रतिशतभन्दा धेरै वृद्धि भएको छ। बम्बई स्टक एक्सचेन्जमा गत वर्ष यो कम्पनीको शेयरमूल्य प्रतिकित्ता भारु ६१.२५ थियो। जुन बिहीबार भारु १२८.९० पुगेको छ।
यस्तै यो कम्पनीको मार्केट क्यापिटलाइजेसन भारु २३ हजार करोड पुगेको छ। कम्पनीको फन्डामेन्टल राम्रो भएकाले यसको मूल्य अझै बढ्न सक्ने जनाइएको छ। –एजेन्सी
प्रतिक्रिया