८९३३ जनाको परीक्षण गर्दा १२६ जनामा संक्रमण पुष्टि,३८५ निको हुदाँ कति जनाको मृत्यु ?

४ बर्ष अगाडि

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा १२६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ९३३ जनामा कोरोना परीक्षण गर्दा उक्त संख्या बराबरमा संक्रमण पुष्टि भएको हो । 

यस्तै पछिल्लो २४ घण्टामा ३८५ जना निको भएका छन् । यो संगै मुलुकभर निको हुनेको संख्या ९ लाख ५८ हजार १९३ पुगेको छ । 

यही अवधिमा १ जना सङ्क्रमितको ज्यान गएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमणका कारण अहिलेसम्म ११ हजार ९ सय ४५ जनाको ज्यान गएको छ ।

नेपालमा अहिले ७ हजार २ सय ४२ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । 

यस्तै, पछिल्लो २४ घण्टामा ३७ हजार १९२ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया