सीडीएससीले बढी सेवा शुल्क नलिएको सीईओको आचार्य दाबी

४ बर्ष अगाडि

काठमाडौं - सीडीएससीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पूर्णप्रसाद आचार्यले आफूहरुले सेवाग्राहीबाट बढी सेवा शुल्क नलिएको दाबी गरेका छन्।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) आज आयोजना गरेको पुँजीबजार रिपोर्टिङसम्बन्धी अन्तर्क्रियामा सीईओ आचार्यले यस्तो दाबी गरेका हुन् ।

सीईओ आचार्य कम्पनीहरुले आईपीओ निष्कासन गर्दा प्रतिआवेदन २ रुपैयाँमात्रै सेवा शुल्क पाउने गरेको स्पष्ट पारेको छ । आईपीओ निष्कासन गर्दा केही बैंकहरुले आवेदकबाट शुल्क लिन्छन् र कुनैले निःशुल्क पनि गरेका छन् ।  

त्यसबापत बैंकले बिक्री प्रबन्धकलाई १० रुपैयाँ प्रतिआवेदन दिने गर्छ । सोही १० रुपैयाँमध्ये २ रुपैयाँ सीडीएससीले पाउने हो । सीईओ आचार्य डिम्याट खाता नवीकरण गर्दा सीडीएससीले १० रुपैयाँमात्रै पाउने स्पष्ट पारेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया