युनाइटेड मोदीले बोलायो साधारण सभा, फागुन ५ गते बुकक्लोज

३ बर्ष अगाडि

काठमाडौं - युनाइटेड मोदी हाइड्रोपावर कम्पनी लिमिटेडले फागुन २६ गते साधारण सभा बोलाएको छ ।  कम्पनीले रजिष्टर्ड कार्यालय कमलादी काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सभा बोलाएको हो ।

सभामा सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने तथा आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ ।

यस्तै, आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल, प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने लगायतका एजेन्डा उपर छलफल गरी पारित गर्ने प्रस्ताव पनि सभामा पेश हुँदैछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन ५ गते बुकक्लोज गरिसकेकको छ । यसअनुसार फागुन ४ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया