३ लाख ९७ हजारसहित कौडा खेलिरहेको अवस्थामा १३ जना पक्राउ

३ बर्ष अगाडि

काठमाडौं - कौडा खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका ६ रामहिटीस्थित प्रेम बहादुर भण्डारीको घरमा कौडा खेलिरहेको अवस्थामा उनीसहित १३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

घरको तेस्रो तलामा जुवातास खेलाइरहेको भन्ने सूचनाको आधामा महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

उनीहरूको साथबाट नगद ३ लाख ९७ हजार रुपैयाँ र १९ थान कौडा पनि बरामद गरिएको प्रहरीले जनाएको छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया