काठमाडौं - विभिन्न २६ कम्पनीहरू प्राथमिक शेयर (आईपीओ) निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड ९सेबोन०मा निवेदन दिएर निष्कासनको तयारीमा रहेका छन् ।
सेबोनका अनुसार २६ कम्पनीले ७ अर्ब २६ करोड ६९ लाख २८ हजार ९०० रुपैयाँ बराबरको शेयर बिक्री गर्न स्वीकृतिका लागि आवेदन दिएका हुन् ।
१. आदर्श लघुवित्त
आदर्श लघुवित्त वित्तीय संस्थाको ६० लाख रुपैयाँ बराबरको ६० हजार कित्ता शेयर निष्कासनका लागि तयारीमा रहेको छ ।
२. उपकार लघुवित्त
उपकार लघुवित्त वित्तीय संस्था २ करोड ६६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ६६ हजार २५० कित्ता निष्कासनका लागि तयारीमा रहेको छ ।
३. सीवाईसी नेपाल लघुवित्त
सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले तीन करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता शेयर निष्कासनका लागि सेबोनको स्वीकृतिको पर्खाइमा छन् ।
४. रिलायबल लाइफ
रिलायबल लाइफ इन्स्योरेन्स १ अर्ब २७ करोड २० लाख रुपैयाँ बराबरको ६० लाख आईपीओ निष्कासन गर्ने तयारीमा रहेको छ । यस आईपीओको प्रतिकित्ता ११२ रुपैयाँ प्रमियमसहित २१२ रुपैयाँ मूल्य रहने जनाईएको छ ।
५.आइएमई लाइफ
आइएमई लाइफ इन्स्योरेन्स पनि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्कासनका लागि पाइपलाइनमा रहेको छ ।
६. डिस मिडिया नेटवर्क
डिस मिडिया नेटवर्क लिमिटेड पनि आईपीओ बिक्रीका लागि सेबोनबाट स्वीकृतिको पर्खाइमा रहेको छ । यस कम्पनीले सेबोनबाट स्वीकृति पाएपछि २३ करोड ८५ लाख ९२ हजार ९ सय रुपैयाँ बराबरको २३ लाख ८५ हजार ९२९ कित्ता शेयर निष्कासन गर्नेछ ।
७. मोलुङ हाइड्रोपावर
मोलुङ हाइड्रोपावर कम्पनीले ३५ करोड ३१ लाख रुपैयाँ बराबरको ३५ लाख ३१ हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा रहेको छ ।
८. थ्री स्टार हाइड्रोपावर
थ्री स्टार हाइड्रोपावर लिमिटेड १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको १२ लाख ३१ हजार २५० कित्ता निष्कासनका लागि तयारीमा रहेको छ ।
९. कुथेली बुखारी स्मल हाइड्रोपावर
कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडले २ करोड ४३ लाख ७३ हजार ५ सय रुपैयाँ बराबरको दुई लाख ४३ हजार ७३५ कित्ता निष्कासनका लागि तयारीमा रहेको छ ।
१०. सिक्लेस हाइड्रोपावर
सिक्लेस हाइड्रोपावर लिमिटेडले २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता शेयर निष्कासनका लागि पाइपलाइनमा रहेका छन् ।
११. सुपरमाई हाइड्रोपावर
सुपरमाई हाइड्रोपावर लिमिटेडले १० करोड रुपैयाँ बराबरको १९ लाख कित्ता शेयर निष्कासनको तयारीमा रहेको छ ।
१२. साञ्जेन जलविद्युत लिमिटेड
साञ्जेन जलविद्युत लिमिटेडले ३६ करोड ५० लाख रुपैयाँ बराबरको ३६ लाख ५० हजार कित्ता निष्कासनका लागि तयारीमा रहेको छ ।
१३. स्टर्न हाइड्रोपावर
स्टर्न हाइड्रोपावर लिमिटेडले १२ करोड ४० लाख बराबरको १२ लाख ४० हजार कित्ता निष्कासनका लागि तयारीमा रहेको छ ।
१४. एशियन हाइड्रोपावर
एशियन हाइड्रोपावर लिमिटेडले ११ करोड ८० लाख रुपैयाँ बराबरको ११ लाख ८० हजार कित्ता निष्कासनका लागि तयारीमा रहेको छ ।
१५. रसुवागढी हाइड्रोपावर
रसुवागढी हाइड्रोपावर लिमिटेडले ६८ करोड ४२ लाख १० हजार रुपैयाँ बराबरको ६८ लाख ४२ हजार एक सय कित्ता निष्कासनका लागि तयारीमा रहेको छ ।
१६. पिपुल्स पावर
पिपुल्स पावर लिमिटेड ३० करोड ९९ लाख ७४ हजार रुपैयाँ बराबरको ३० लाख ९९ हजार ७४० कित्ता आईपीओ निष्कासन गर्ने भएका हुन् ।
१७. मन्दाकिनी हाइड्रोपावर
मन्दाकिनी हाइड्रोपावर लिमिटेडले १७ करोड ६४ लाख ११ हजार रुपैयाँ बराबरको १७ लाख ६४ हजार ११० कित्ता निष्कासनका लागि तयारीमा रहेको छ ।
१८. बिन्दबासिनी हाइड्रोपावर
बिन्दबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता निष्कासनका लागि तयारीमा रहेको छ ।
१९. हिमालयन हाइड्रोपावर
हिमालयन हाइड्रोपावर लिमिटेडको २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता निष्कासनका लागि तयारीमा रहेको छ ।
२०. दोर्दीखोला जलविद्युत
दोर्दीखोला जलविद्युत कम्पनी लिमिटेडको २९ करोड ५१ लाख ९२ हजार ९ सय रुपैयाँ बराबरको २९ लाख ५१ हजार ९२९ कित्ता निष्कासनका लागि तयारीमा रहेको छ ।
२१. अपर सोलु हाइड्रो
अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको ३३ करोड ७ लाख ५० हजार रुपैयाँ बराबरको ३३ लाख ७ हजार ५ सय कित्ता शेयर निष्कासन गर्नका लागि पाइपलाइनमा रहेका छन् ।
२२. अपर हेवाखोला हाइड्रोपावर
अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता निष्कासनका लागि तयारीमा रहेको छ ।
२३. सयपत्री हाइड्रोपावर
सयपत्री हाइड्रोपावर लिमिटेडको ९ करोड रुपैयाँ बराबरको ९ लाख कित्ता निष्कासनका लागि तयारीमा रहेको छ ।
२४. राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन
राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको २९ करोड ४१ लाख ४१ हजार रुपैयाँ बराबरको २९ लाख ४१ हजार ४१० कित्ता निष्कासनका लागि तयारीमा रहेको छ ।
२५. रिभल फल्स पावर
रिभल फल्स पावर लिमिटेडको ३४ करोड ३० लाख रुपैयाँ बराबरको ३४ लाख ३० हजार कित्ता निष्कासनका लागि तयारीमा रहेको छ ।
२६. स्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन
स्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले ४७ करोड ७९ लाख रुपैयाँ बराबरको ४७ लाख ७९ हजार कित्ता शेयर निष्कासनका लागि पाइपलाइनमा रहेका छन् ।
प्रतिक्रिया