काठमाडौं-आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आइतबार (फागुन २२) गतेदेखि हकप्रद शेयर निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।
कम्पनीले १०ः४ को अनुपातमा एक सय रुपैयाँ अंकित दरका ४६ करोड ३० लाख ३४ हजार ४०० रुपैयाँ बराबरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद जारी गर्न लागेको हो।
कम्पनीले हकप्रद निष्कासनका लागि फागुन १ गते बुकक्लोज गरेको थियो ।
कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धकका रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । हकप्रदमा ग्लोबल आइएमई क्यापिटल तथा आइएमई जनरल इन्स्योरेन्सका रजिष्टर्ड तथा शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत आवेदन दिन सक्नेछन् ।
उक्त हकप्रदमा आवेदकले फागुन २२ गतेदेखि चैत १३ गतेसम्म आवेदन दिन सक्नेछन् । हकप्रद जारीपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ६२ करोड ६ लाख २० हजार ४०० रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया