कर्णाली डेभलपमेन्ट बैंकको साधारण सभा आज, माघ २७ सम्म कायम शेयरधनीले मात्र भाग लिन पाउने

४ बर्ष अगाडि

काठमाडौं - कर्णाली डेभलपमेन्ट बैंकले १७औं वार्षिक साधारण सभा आज हुने भएको छ । सभा कल्पतरु होटल नेपालगञ्जमा दिउँसो १ बजे भर्चुअल माध्यमबाट हुने कम्पनीले जनाएको छ ।

सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ २८ गतेदेखि फागुन २० गतेसम्म बुक क्लोज गर्ने जानकारी गराएको छ। त्यसैले माघ २७ गतेसम्म कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन पाउनेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया