एजेन्सी - विश्व बैंकले रुस र बेलारुसमा आफ्ना सबै परियोजनाहरु तत्काल लागू हुने गरी रोक्ने घोषणा गरेको छ ।
युक्रेनमा सैन्य कारबाही र जनताप्रतिको रुसले गरेको शत्रूताको व्यवहारलाई मध्यनजर गर्दै विश्व बैंकले यो कदम चालेको हो ।
युक्रेनमा रुसको आक्रमण र बेलारुसले गरेको समर्थन र समर्थनलाई लिएर ठूलो संख्यामा देश, संस्था र कम्पनीहरुले आफ्नो सम्बन्ध तोड्दै प्रतिबन्धहरु लगाएका छन् ।
‘विश्व बैंक समूहले सन् २०१४ देखि रुसमा नयाँ लगानी वा ऋण स्वीकृत गरेको छैन’, विश्व बैंकद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ। विश्व बैंकले सन् २०२० को मध्यदेखि बेलारुसलाई पनि कुनै नयाँ ऋण दिएको छैन।
विश्व बैंकले मंगलबार युक्रेनलाई सहयोग गर्न ३ अर्ब डलरको सहायता प्याकेज दिने घोषणासमेत गरेको थियो ।
प्रतिक्रिया