प्रुडेन्सियल क्यापिटलको स्वामित्वमा रहेको ४ कम्पनीको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन, कुनको मूल्य कति ?

४ बर्ष अगाडि

काठमाडौं - प्रुडेन्सियल क्यापिटल म्यानेजमेण्ट कम्पनीको स्वामित्वमा आइसीएफसि फाइनान्स, नेपाल ग्रामीण विकास लघुवित्त वित्तीय संस्था, नेशनल लाइफ इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले आइसीएफसि फाइनान्सको ४८ हजार कित्ता, ग्रामीण विकास लघुवित्तको २३ हजार कित्ता, नेशनल लाइफ इन्स्योरेन्सको १ लाख कित्ता र नेपाल लाइफ इन्स्योरेन्सको ५० हजार कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको हो ।

आइसीएफसि फाइनान्सको शेयरको न्यूनतम मूल्य १९५ रुपैयाँ, ग्रामीण विकास लघुवित्तको ३७५ रुपैयाँ, नेशनल लाइफ इन्स्योरेन्सको ३९० रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्सको ९ सय तोकिएको छ । कम्पनीको विक्री प्रवन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

उक्त शेयर खरीद गर्न योग्य ईच्छुक विद्यमान संस्थापक वा जो कोही व्यक्ति, कम्पनी तथा संघ संस्थाले शुक्रवार बैंकिङ समयसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया