काठमाडौं - साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले मृत्यु बीमा भुक्तानी गरेको छ ।
संस्थाको शाखा कार्यालय पालुङटारमा कार्यरत कर्मचारी सुवर्ण देवकोटाको गत मंसिर ७ गते सडक दुर्घटनामा परी मृत्यु भएको थियो । संस्थाले विहिबार एक कार्यक्रमको आयोजना गरी देवकोटाको परिवारलाई दुर्घटना बीमा भुक्तानी गरेको हो ।
कार्यक्रममा सञ्चालक सिंहले मृतक कर्मचारीको बुवा धर्मप्रसाद देवकोटालाई आईएमई जनरल इन्स्योरेन्सद्वारा उपलब्ध गराएको बीमाबापतको १० लाखको चेक हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया