ग्रीन भेन्चर्सको ३१ लाख २५ हजार कित्ता आईपीओमा आज सम्म मात्र आवेदन दिन सकिने, कहाँबाट दिन सकिन्छ ?

४ बर्ष अगाडि

काठमाडौं - ग्रीन भेन्चर्स लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले गत फागुन २ गतेबाट आयोजना प्रभावित स्थानीयका लागि आईपीओमा आवेदन खुला गरेको हो । यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन पाइने धितोपत्र बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले जनाएको छ । 

कम्पनीले जारी पुँजी ३ अर्ब १२ करोड रुपैयाँमध्ये १० प्रतिशतले हुन आउने १०० अंकित दरका कुल ३१ लाख २५ हजार कित्ता आयोजना प्रभावित ओखलढुंगा र रामेछापका स्थानीयका लागि निष्कासन गरेको छ । 

आईपीओमा ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकाका वडा नं. १, २ र ३ तथा लिखु गाउँपालिका वडा नंं ९ का स्थानीय र रामेछापको  लिखु तामाकोशी गाउँपालिका वडा नं. १ र २ तथा उमाकुण्ड गाउँपालिका वडा नं. ७ का स्थानीयले आवेदन दिन सक्नेछन् ।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन रामेछापको मन्थलीस्थित लक्ष्मी बैंक र मेगा बैंक र लिखुस्थित नेपाल इन्भेस्टमेन्ट बैंक तथा खिजिदेम्बास्थित मेगा बैंकबाट आवेदन दिन सकिनेछ। 

४ बर्ष अगाडि

प्रतिक्रिया