काठमाडौं – अमेरिकी विकास सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० अनुमोदन भएको विरोधमा शुक्रबार ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले संयुक्त रुपमा प्रदर्शन गर्दैछन् ।
संसद बाहिर रहेका साना ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले संयुक्त रुपमा राजधानीमा प्रदर्शन गर्न लागेका हुन् । संयुक्त आन्दोलनको घोषणा गरेका दलले पहिलो कार्यक्रम प्रदर्शनको तयारी गरेका हुन् ।
संयुक्त विज्ञप्तिमा शुक्रबारदेखि चैत ६ गतेसम्मका कार्यक्रम सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया