काठमाडौं - नेपाल बैंकले भारी संख्यामा कर्मचारीको माग गरेको छ । बैंकले एक सुचना जारी गर्दै विभिन्न पद पुर्तीका लागि कर्मचारी आवश्यक भएको हुनाले कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको जानकारी दिएको छ ।
बैंकले लोकसेवा आयोगको सहमतिमा खुला विज्ञापनमार्फत् स्थायी पदपूर्तिका लागि शुक्रबार गोरखापत्रमा सार्वजनिक सूचना जारी गरेको हो ।
योग्यता पुगेका इच्छुक उम्मेदवारले सोमबारबाट अनलाइन फाराम भर्न सक्नेछन् । इच्छुक आवेदकले चैत्र १० गते भित्र अनलाइन मार्फत आवेदन भरीसक्नु पर्नेछ ।
प्रतिक्रिया