पछिल्लो २४ घण्टामा नेपालमा १०५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ९२४ जनामा कोरोना परीक्षण गर्दा उक्त संख्या बराबरमा संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा ३२० जना निको भएका छन् । यो संगै मुलुकभर निको हुनेको संख्या ९ लाख ५७ हजार ८०८ पुगेको छ ।
यही अवधिमा ३ जना सङ्क्रमितको ज्यान गएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमणका कारण अहिलेसम्म ११ हजार ९ सय ४४ जनाको ज्यान गएको छ ।
नेपालमा अहिले ७ हजार ५ सय १७ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा १ लाख २४ हजार ७८८ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया