पूर्व कप्तान विकेशलाई मार्की प्लेयर र प्रशिक्षक बाल गोपाललाई मुख्य प्रशिक्षकमा नै निरन्तरता

३ बर्ष अगाडि

नेपाल इभेन्ट म्यानेजमेन्ट कम्पनीको आयोजना र एन्फाको प्राविधिक सहयोगमा अप्रिल ८ देखि दशरथ रंगशालामा संचालन हुने दोस्रो नेपाल सुपर लिगमा एमएडब्ल्यु को स्वामीत्वमा काठमाण्डौं रेजर्सको सहभागीतालाई निरन्तरता दिदैं उत्कृष्ट प्रदर्शनको तयारीमा रहेको छ ।  

नेपाली फुटबलको सर्वाङ्गिण बिकासका लागि व्यापारीक घरानाहरूले पनि यस पक्षमा विशेष चासोको साथ लगानी गरेर टिम निर्माण गरेको छ । यो सानो प्रयासले गत सिजनमा टिमले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम हुन सफल भएको थियो । यस वर्ष पनि उत्कृष्ट प्रदर्शन गर्दै ट्रफी नैे राख्ने गरि कार्य आरम्भ पनि गरिएको छ । एन एस एलमा सहभागिताले नेपाली फुटबलको दिर्घकालीन बिकासका लागी ठूलो सहयोग पुग्ने छ भन्ने विश्वास रहेको छ । 

यसपाली पनि पूmटबलका सफल गोलकिपर पूूर्व कप्तान विकेश कुथुलाई मार्की प्लेयर र राष्ट्रिय टिमका सफल प्रशिक्षक बाल गोपाल महर्जनलाई मुख्य प्रशिक्षकमा नै निरन्तरता दिएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया