काठमाडौं- प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको स्वमित्वमा रहेका ४ कम्पनीको लिलामी शेयरमा आवेदन दिने भोलि (शुक्रबार) अन्तिम मौका रहेको छ ।
क्यापिटलले फागुन १३ गते देखि नेशनल लाइफ इन्स्योरेन्सको १ लाख कित्ता, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ५० हजार कित्ता, आइसीएफसी फाइनान्सको ४८ हजार कित्ता, नेपाल ग्रामीण विकास लघुवित्तको २३ हजार कित्ता शेयर लिलामीमा विक्री खुला गरेकोमा भोलिसम्म आवेदन दिने म्याद रहेको हो ।
क्यापिटलले नेशनल लाइफ इन्स्योरेन्सका न्यूतम मूल्य ३९० रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ९०० रुपैयाँ, आइसीएफसी फाइनान्सको १९५ रुपैयाँ, नेपाल ग्रामीण विकास लघुवित्तको ३७५ रुपैयाँ तोकेको छ । जसअनुसार आवेदकले आवेदन दिदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनी वा अन्य जो कोही व्यक्ति तथा संघ संस्थाले न्यूनतम २ हजार कित्ताका र अधिकतम सम्पूर्ण कित्ताका लागि भोलि कार्यालय समयसम्म आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया