काठमाडौं – बिहानदेखि परेको बर्षातपछि काठमाडौको दक्षिण पश्चिम पर्वत चन्द्रागिरिमा यहि बर्ष दोस्रो पटक बाक्लो हिउँ परेको छ । उक्त स्थानमा चन्द्रागिरि हिल्स लिमिटेडले केबलकारसहितको एकीकृत पर्यटकीय गन्तव्य निमार्ण गरेको छ ।
मंगलबार रातीदेखि नै काठमाडौं उपत्यकासहित देशभर वर्षा भइरहेको छ । वर्षाका कारण जाडो समेत बढेको छ । विशेषगरी देशको मध्य र पश्चिम क्षेत्रका धेरैजसो स्थानमा बुधबार बिहानैदेखि वर्षा भइरहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशभरकै मौसममा बदली भइ बादल आकाशमा लाग्नुका साथै वर्षा हुनेछ ।





प्रतिक्रिया