काठमाडौं- नेपाल निजामती कर्मचारी सङ्गठन मकवानपुरको अध्यक्षमा यादविन्द्र पौडेल चयन भएका छन् । सो सङ्गठनको ११औँ मकवानपुर जिल्ला अधिवेशनले उहाँका नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा हेमकुमार पाठक, सचिवमा प्रकाश पौडेल र सहसचिवमा सम्झना शाही चयन भएको सङ्गठनले जनाएको छ । प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न सो अधिवेशनमा नेकपा (एमाले) मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठ,सङ्गठनका केन्द्रीय अध्यक्ष केदार देवकोटाले तीनै तहका स्थायी सरकार कर्मचारी रहेकाले इमान्दारीपूर्वक काम गर्न अनुरोध गदै नयाँ नेतृत्वलाई सफलताको कामना गरे ।
प्रतिक्रिया