शेयरधनीहरुको हात खाली राख्दै कर्णाली डेभलपमेन्ट बैंकको साधारण सभा शुक्रबार,यस्ता छन् प्रस्ताव

४ बर्ष अगाडि

काठमाडौं- कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले १७ औं वार्षिक साधारण सभा भोलि (फागुन २० गते) डाकेको छ ।  सभा कल्पतरु होटल नेपालगञ्ज र भर्चुअल माध्यमबाट दिउँसो १ बजेबाट सुरु हुदैँछ ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निधारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

बैंकले शेयरधनीहरुका लागि लाभांश प्रस्ताव भने गरेको छैन । त्यसैले यस वर्ष लगानीर्ताको हात खाली रहनेछ । कर्णालीले यसअघि अन्तिम पटक आर्थिक वर्ष २०७२–७३ मा भने ८ प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश दिएको थियो । 

साथै साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ २८ गते देखि फागुन २० गतेसम्म बुक क्लोज गरेको हुदाँ माघ २७ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया