शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको १ लाख ९९ हजार बढि कित्ता संस्थापक शेयर बिक्रीमा आयो, ३५ दिनभित्र आवेदन दिनु पर्ने

४ बर्ष अगाडि

काठमाडौं - शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको संस्थापक सेयर बिक्रीमा आएको छ । बैंकले १ लाख ९९ हजार २३४ कित्ता संस्थापक शेयर आजदेखि बिक्रीमा ल्याएको हो । 

प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्टको नाममा रहेको १ लाख ५० हजार कित्ता, प्रतिमा अर्यालको नाममा रहेको ४५ हजार ९९१ कित्ता र धन बहादुर कार्कीको नाममा रहेको ३ हजार २४३ कित्ता शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न सक्ने गरी बिक्रीमा ल्याएको कम्पनीले जनाएको छ । 

 शेयरको मूल्य प्रतिकित्ता २७०, २५० र २०० मा बिक्री गर्न स्वीकृतिको लागि निवेदन परेको छ । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, बुटबल ११ कालिकानगरमा लिखित निवेदन पेश गर्न सक्नेछन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया