काठमाडौं - सिद्धार्थ बैंक लिमिटेडलेको बोनस सेयर लगानीकर्ताको हिताग्राही खातामा जम्मा भएको छ ।
बैंकले सुचना जारी गर्दै पौष ३० गते सम्पन्न भएको २०औँ वार्षिक साधारण सभाले पारित गरेको १४.२५ प्रतिशत बोनस सेयर लगानीकर्ताको हिताग्राही खातामा जम्मा भएको जानकारी गराएको छ ।
हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीहरुले आफ्नो शेयर अभौतिकीकरण गराई आफनो बोनस शेयर समेत हितग्राही खातामा नै प्राप्त गर्न सकिने पनि जनाएको छ ।
कम्पनीको सेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया