वैदेशिक रोजगारमा जाने महिला कामदारमाथिको विभेद अन्त्य गर्न सुझाव

३ बर्ष अगाडि

काठमाडौं - नेपाल बार एशोसिएशनको राष्ट्रिय सम्मेलनले वैदेशिक रोजगार ऐन २०६४ संशोधन गर्दै वैदेशिक रोजगारमा जाने महिलामाथिको लैङ्गिक विभेद अन्त्य हुनुपर्ने निष्कर्ष निकालेको छ । 

राजधानीमा सम्पन्न १५औं अखिल नेपाल कानून व्यवसायी सम्मेलनअन्तर्गत मंगलबारको समापन सत्रमा समूहगत निष्कर्ष पेश गर्ने क्रममा वैदेशिक रोजगार क्षेत्रका प्रमुख यी दुई विषय समेटिएका हुन् । 

वैदेशिक रोजगार ऐन २०६४ मा गरिएका व्यवस्थाहरू उदार अर्थतन्त्र र व्यवसायिक स्वतन्त्रताका प्रावधानसँग मेल नखाने र महिला कामदारको श्रम स्वीकृतिमा लगाइने प्रतिबन्ध लैङ्गिक समानताको संवैधानिक प्रावधान विपरीत भएकाले ती प्रावधानहरूलाई संशोधन गरिनुपर्ने प्रतिवेदकहरूले औंल्याएका छन् ।

सम्मेलन काठमाडौ घोषणापत्र जारी गर्दै मंगलबार सकिएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया