काठमाडौं - नेपाल राष्ट्र बैंक आज सार्वजनिक बिदाका दिन पनि आरटीजीएस प्रणाली सुचारु रहने जनाएको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै आज सार्वजनिक विदाको दिनमा पनि आरटीजीएस प्रणाली प्रणाली सुचारु रहने जानकारी गराएको हो ।
विकास ऋणपत्र २०८५ ‘ङ’ को ब्याज भुक्तानी प्रयोजनका लागि बिहीबार बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म आरटीजीएस प्रणाली सञ्चालन हुने बैंकले जनाएको छ ।
सरकारले आज शेर्पा समुदायको ग्याल्पो ल्होसारका अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
प्रतिक्रिया