भिजिट भिसामा खाडी मुलुक जान बैंक खातामा ५ लाख नगद चाहिने

३ बर्ष अगाडि

काठमाडौं - भिजिट भिसामा खाडी मुलुक र मलेसिया जान बैंक खातामा ५ लाख नगद चाहिने भएको छ । यस्तै वार्षिक आम्दानी १० लाख हुनुपर्नेछ । भिजिट भिसा दुरुपयोग गर्दै तस्करले श्रम गन्तव्य मुलुकमा पुर्‍याएका नेपाली कामदार अलपत्र परेपछि सरकारले थप कडाइ गर्न लागेको हो ।

भिजिट भिसा र सोबाट सिर्जित समस्या तथा समाधानका उपायहरू सम्बन्धमा सिफारिस गर्न सरकारले गत माघ ११ गते कार्यदल बनाएको थियो । उक्त कार्यदलले बुधबार गृहमन्त्री बालकृष्ण खाणलाई आफ्नो अध्ययन प्रतिवेदन बुझाएको छ । 

भिजिट भिसामा खाडी मुलुक र मलेसिया जान अध्यागमन विभागबाट पूर्वस्वीकृति लिनुपर्ने प्रावधानसमेत राखिएको छ । वैदेशिक रोजगारमा श्रम स्वीकृति लिने प्रक्रिया झन्झटिलो भएकाले सेटिङमा भिजिटमा पठाएर गन्तव्य मुलुकमा श्रममा लगाउने गरिएको थियो ।  

वैदेशिक रोजगार व्यवसायीले भिजिट एवं कुनै तरिकाबाट पठाएको पाइएमा उनीहरूको इजाजत खोसिने भएको छ । अनुमति नलिई भिजिट भिसामा वा अन्य तरिकाले विदेश पठाएको पाइएमा त्यस्ता संस्था र सञ्चालकलाई वैदेशिक रोजगार ऐन २०६४ को दफा ४४ बमोजिम कारबाही गर्न कार्यदलले सुझाएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया