सिटिजन लाईफले आईपीओ निष्कासन गर्ने, लेखापरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्न बोलायो साधारण सभा

४ बर्ष अगाडि

काठमाडौं - सिटिजन लाईफ इन्स्योरेन्सले साधारण सभा बोलाएको छ । कम्पनीले आफ्नो चौथो वार्षिक साधारण सभा चैत्र ११ गतेका लागि बोलाएको हो । सभा अलोफ्ट ठमेल काठमौडौमा दिउँसो ३ बजेबाट सुरु हुनेछ । 

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथि छलफल गर्नेछ । सभामा संस्थाले चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषयमा छलफल गर्नेलगायतको एजेण्डा छ । 

साथै, कम्पनीले सर्वसाधारणमा प्राथमिक सेयर आईपीओ जारी गर्ने सम्बन्धमा पनि सभाबाट अख्तियारी प्राप्त गर्नेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया