स्वदेशमा आन्तरिक विप्रेषण कारोबार रकमको सीमा घट्यो,प्रति कारोबार/दिन २५ हजारसम्म

४ बर्ष अगाडि

काठमाडौं-नेपाल राष्ट्र बैंकले स्वदेशमा आन्तरिक विप्रेषण कारोबार रकमको सीमा घटाएको छ। 

राष्ट्र बैंकले आज (फागुन १८ गते,बुधबार)देखि लागू हुने गरी आन्तरिक विप्रेषण कारोबार रकमको सीमा घटाएको हो। 

अब राष्ट्र बैंकको इजाजतपत्र प्राप्त विप्रेषण कम्पनी तथा उक्त कम्पनीका सबएजेन्ट वा सबरिप्रिजेन्टेटिभहरुले स्वदेशमा आन्तरिक प्रतिव्यक्ति, प्रतिकारोबार र प्रतिदिन २५ हजार रुपैयाँसम्म आन्तरिक विप्रेषणको कारोबार गर्न पाउनेछन्। यसअघि १ लाख रुपैयाँसम्म रकम कारोबार गर्न पाउने व्यवस्था थियो।

विदेशबाट नेपालस्थित सम्बन्धित व्यक्ति वा आफन्तलाई पठाएको विप्रेषण रकम नगदमै भुक्तानी गर्न सकिने सीमा भने यथावत नै रहेको राष्ट्र बैंकले स्पष्ट पारेको छ। 

४ बर्ष अगाडि

प्रतिक्रिया