कर्णालीमा कहाँ कहाँ हुने भयो फेसबुक बन्द ?

७ बर्ष अगाडि

सुर्खेत- कर्णाली प्रदेशका सरकारी कार्यालयमा मंगलबारदेखि फेसबुक बन्द गरिने भएको छ । आइतबार इन्टरनेट सेवा प्रदायक कम्पनीसँग छलफल गरी मंगलबारदेखि बन्द गर्ने प्रदेश सरकारले तयारी गरेको छ ।

‘सबै इन्टरनेट सेवा प्रदायक कम्पनीलाई सोमबार पत्र पठाएर मंगलबारदेखि बन्द गरिनेछ,’ मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका प्रमुख स्वकीय सचिव सुरेश पहाडीले भने ।

मुख्यमन्त्री शाहीले आइतबार कर्णालीको राजधानी सुर्खेतमा इन्टरनेट सेवा प्रदायक कम्पनीसँग छलफल गरेर जानकारी लिएका छन् ।

यहाँ नेपाल टेलिकम, वल्र्डलिंक, सुबिसु, टेक माइन्ड र सुर्खेत केवल नेटले इन्टरनेट सेवा उपलब्ध गराउँदै आएका छन् । सरकारी कर्मचारी कार्यालय समयमा काम नगरी फेसबुक चलाइराख्ने गरेको गुनासो आएपछि बन्द गर्न लागिएको पहाडीको भनाइ छ, नयाँ पत्रिकामा खबर छ  ।

७ बर्ष अगाडि

प्रतिक्रिया