६८७४ जनाको परीक्षणमा १२७  जनामा संक्रमण पुष्टि,३२१ जना निको हुदाँ मर्नेको संख्या कति ?

४ बर्ष अगाडि

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा १२७  जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ८७४ जनामा कोरोना परीक्षण गर्दा उक्त संख्या बराबरमा संक्रमण पुष्टि भएको हो । 

यस्तै पछिल्लो २४ घण्टामा ३२१ जना निको भएका छन् । यो संगै मुलुकभर निको हुनेको संख्या ९ लाख ५७ हजार ४८८ पुगेको छ । 

यही अवधिमा ३  जना सङ्क्रमितको ज्यान गएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमणका कारण अहिलेसम्म ११ हजार ९ सय ४१ जनाको ज्यान गएको छ ।

नेपालमा अहिले ७ हजार ७ सय ७० जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । 

यस्तै, पछिल्लो २४ घण्टामा ३५ हजार ७८८ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया