३ कम्पनीको बोनस शेयर नेप्सेमा सूचिकृत,कुनको कम्पनीको कति/कति कित्ता ?

४ बर्ष अगाडि

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार ३ कम्पनीको बोनस शेयर सूचिकृत भएको छ ।

आज सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १२.७० प्रतिशत बोनस बापतको २८ लाख ७३ हजार ८ सय ७६ कित्ता शेयर सूचिकृत भएको हो । 

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पौष १९ गते, सोमबार सम्पन्न भएको तेह्रौँ वार्षिक साधारण सभामा आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२.७० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.६६८४ प्रतिशत नगद गरी कुल १३.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएको थियो ।

साथै, सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको ५.७५ प्रतिशत बोनस बापतको ५१ लाख ९४ हजार ७ सय ९६.९६३९ कित्ता शेयर सूचिकृत भएको छ  । 

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको पौष ३० गते शुक्रबार सम्पन्न भएको वार्षिक साधारणले बैंकको चुक्ता पूँजीको ५.७५ प्रतिशतले हुन आउने बोनस शेयर र कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.३० प्रतिशतले हुन आउने नगद गरी कुल ६.०५ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव परित गरेको थियो ।

त्यसैगरी, प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको १४.२५ प्रतिशत बोनस बापतको १५ लाख ३१ हजार २ सय ४८ कित्ता शेयर सूचिकृत भएको छ ।

कम्पनीको माघ २१ गते शुक्रबार सम्पन्न भएको वार्षिक साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरी १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । 

४ बर्ष अगाडि

प्रतिक्रिया