११ महिनामै नेपाल लाईफद्धारा करिब साढे ४२ लाख दाबी भुक्तानी

४ बर्ष अगाडि

नेपाल लाईफ ईन्स्योरेन्स कम्पनी बेनी उपशाखाबाट ११ महिनामै करिब साढे ४२ लाख दाबी भुक्तानी गरेको छ ।  कम्पनीले २०७८ सालको ११ महिनामा ४२ लाख ४४ हजार रुपैया दाबी भुक्तानी गरेको हो। 

कम्पनीमा बीमालेख खरिद गरेका ६ जनाको परिवारलाई मृत्यु तथा घातक रोगको दाबी बापात सो रकम उपलब्ध गराईएको बेनी उपशाखाले जनाएको छ । मृत्यु दावी वापतको रकम चार जनालाई ३२ लाख ४४ हजार रुपैंया नेपाल लाईफको बेनी शाखा मार्फत भुक्तानी गरिएको छ । 

यस्तै, घातक रोग वापतको क्यान्सर रोग पीडित एक जनालाई पाँच लाख र शारिरीक रुपमा अशक्त (प्यारालाइसीस) भएका एक जनालाई पाँच लाख गरी १० लाख भुक्तानी गरेको छ ।

 

४ बर्ष अगाडि

प्रतिक्रिया