काठमाडौं- साताको चौथो दिन (बुधबार) शेयर बजारमा पहिरो गएको छ । गत बुधबारदेखिको ओरालो लागेको शेयर बजारले आज पनि ओरालो यात्रालाई निरन्तरता दिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६३.९८ अंकले घटेर २५४६.६० विन्दुमा पुगेको छ । नेप्से २.४५ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक ११.५२ अंकले घटेर ४८८.६९ विन्दुमा झरेको छ ।
अन्तिम समयसम्म कारोबारमा आएका कूल २२८ वटा कम्पनीको ७६ लाख ५२ हजार २ सय ४ कित्ता शेयर खरिदबिक्री हुँदा ३ अर्ब ६२ करोड ११ लाख ४३ हजार ९ सय ७९ रूपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबार भएका १३ उपसमूहमध्ये सबै वटा उपसमूहको शेयर घटेको छ । सबैभन्दा धेरै फाइनान्स समूह घटेको छ ।
यस्तै, बुधबार कारोबारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अब्बल छ । कम्पनीको १६ करोड १८ लाख रूपैयाँ बराबरको कारोबार भएको हो ।
आज रिलायन्स लाइफ इन्स्योरेन्सको शेयरमूल्य सबैभन्दा धेरै बढेको छ । कम्पनीको शेयरमूल्य ४ प्रतिशतले बढेर ५ सय ७२ रूपैयाँ पुगेको छ ।
यस दिन हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको शेयरमूल्य ८.२६ प्रतिशतले घटेर ६ सय ३१ रूपैयाँ कायम भएको छ ।
प्रतिक्रिया