काठमाडौं- साताको चौथो दिन (बुधबार) शेयर बजारमा भारी अंकको गिरावट भएको छ ।
कारोबारको अन्तिम समयसम्म नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक करिब ६४ अंकले घटेको हो । आज नेप्से ६३.९८ अंकले ओरालो लाग्दै २५४६.६० को बिन्दुमा पुगेको हो ।
२२८ कम्पनीको ७६ लाख ५२ हजार २०४ कित्ता शेयर खरिदबिक्री हुँदा ३ अर्ब ६२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
आज नेपाल लाइफको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकै दिनमा १६ करोड १८ लाख बढीको शेयर कारोबार भएको छ।
त्यस्तै, नेपाल टेलिकम, अरुण भ्याली, अपी पावर, शिवम् सिमेन्ट,हिमालयन डिष्टिलरी, जीवन विकास लघुवित्त र नबिल बैंकको सर्वाधिक कारोबार भएको छ ।
कुनको कतिको कारोबार ?
प्रतिक्रिया