ललितपुर बालकुमारीमा ‘कान्तिपुर कफी’को पहिलो आउटलेट

४ बर्ष अगाडि

काठमाडौ- कान्तिपुर कफी प्रालिले ललितपुर,चक्रपथको बालकुमारीस्थित केभिडी कम्प्लेक्समा आफ्नो पहिलो आउटलेट सुरु गरेको छ ।  नेपालकै चर्चित कान्तिपुर भेट डिष्ट्रिव्यूटर्स प्रालिको सहायक कम्पनीको रुपमा ‘कान्तिपुर कफी’ ब्राण्ड सुरु भएको हो ।

पूर्व मन्त्री एवं सहकारीविज्ञ केशवप्रसाद बडालले मंगलबार एक समारोहका वीच कान्तिपुर कफीको शुभारम्भ गरेका हुन् ।

४० लाख रुपैंया लगानीमा कम्पनीका सञ्चालक अनिश बडालले कान्तिपुर कफी सुरु गरेका हुन । उनले भने, ‘केभिडी कम्प्लेक्समा सुरु भएको कान्तिपुर कफीलाई पाइलटिङका रुपमा बुझ्नु भए हुन्छ । यहाँको लोकप्रियताका आधारमा उपत्यकाका विभिन्न स्थानहरुमा शाखाहरु बिस्तार गर्दै जानेछौं’, बडालले थपे ।

कम्पनीले बालकुमारी क्षेत्रमा रहेका आइसिटी कलेज, बैंक तथा वित्तिय संस्थाहरुलाई लक्षित गरेको जनाएको छ ।

No description available.

४ बर्ष अगाडि

प्रतिक्रिया