काठमाडौं-साताको चौथो दिन (बुधबार) शेयर बजारमा भारी अंकको गिरावट भएको छ ।
अघिल्लो कारोबार दिन अर्थात सोमबार ४३.१२ अंक घटेर २६१०.५९ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक आज कारोबार सुरु भएको दुई घण्टामै ५८.९७ अंकले ओरालो लागेको छ । सो अवधीसम्म शेयर बजार २.२६ प्रतिशतले घटेको छ ।
यस्तै, १ बजेसम्म कारोबारमा आएका २२१ कम्पनीमध्ये ४ कम्पनीको शेयरमूल्य बढेको छ ।
यसैगरी, सोही अवधीसम्म कारोबार आएका कम्पनीहरुको ३५ लाख ८३ हजार २३८ कित्ता शेयर २५ हजार ९१६ पटक शेयर कारोबार हुदाँ १ अर्ब ७४ करोड ८६ लाख बढीको शेयर कारोबार भएको छ ।
प्रतिक्रिया