काठमाडौं - विभिन्न ५ वटा कम्पनीहरूले साधारण सभा बोलाएका छन् । गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने भएको प्रस्ताव पारित गर्न उक्त कम्पनीहरूले वार्षिक साधारण सभा बोलाएका हुन् ।
जानकी फाइनान्स कम्पनी
जानकी फाइनान्स कम्पनी लिमिटेडको २५औं वार्षिक साधारण सभा फागुन २२ गते गायत्री कुञ्ज, अतिथि सदन, जानकी चौक, जनकपुरमा बिहान ११:३० बजेदेखि सुरू हुने भएको छ ।
सभामा गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७८९५ प्रतिशत नगद गरी कुल १५.७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
त्यसैगरी, फाइनान्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि २४ गतेदेखि फागुन ६ गतेसम्म बुकक्लोज गरेको छ । त्यसैले माघ २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३३औं वार्षिक साधारण सभा फागुन २९ गते कम्पनीको केन्द्रिय कार्यालय, लाजिम्पाट, काठमाडौँमा बिहान १०:३० बजेदेखि अनलाइन मार्फत सुरू हुने भएको छ ।
सभामा गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि फागुन २२ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, फागुन २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
नेको इन्स्योरेन्स कम्पनी
नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको २६औं वार्षिक साधारण सभा चैत्र ९ गते कम्पनीको केन्द्रिय कार्यालय, बीमा भवन, ज्ञानेश्वर, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुने भएको छ ।
सभामा गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद गरी कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि चैत्र गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, फागुन ३० गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
नेशनल हाइड्रोपावर कम्पनी
नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको २५औं वार्षिक साधारण सभा फागुन ३० गते अनलाइन माध्यमबाट विनायकनगर, नयाँ बानेश्वर, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुने भएको छ ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १८.५२५ प्रतिशत बोनस सेयर र ०.९७५ प्रतिशत नगद गरी कूल १९.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।
त्यसैगरी, कम्पनीले साधारण सभा तथा लभांश वितरण प्रयोजनका लागि फागुन १३ गते एक दिन बुकक्लोज भएको छ । त्यसैले, फागुन १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम हुने शेयरधनीहरूले मात्रै लाभांश लिन र साधारण सभामा भाग लिन सक्नेछन् ।
हिमालयन जनरल इन्स्योरेन्स
हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको २८औं वार्षिक साधारण सभा फागुन ३० गते कम्पनीको केन्द्रिय कार्यालय, थापागाँउ, काठमाडौँमा बिहान ११ बजेदेखि अनलाइन मार्फत सुरू हुने भएको छ ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीको शेयरधनीहरूलाई चुक्ता पुँजीको ६.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद गरी कूल ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि फागुन १६ गते एक दिन बुकक्लोज गरेको छ । त्यसैले, फागुन १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया