एजेन्सी - पछिल्लो २४ घन्टामा क्रिप्टोकरेन्सीको मूल्यमा ठूलो उछाल आएको छ । यस अवधिमा बिटक्वाइनको मूल्य १५ प्रतिशतले बढेको छ । रुस–युक्रेन युद्धको प्रभाव यसमा परेको हो ।
विश्वका शीर्ष क्रिप्टोकरेन्सीहरुको मूल्यमा पनि बढोत्तरी भइरहेको छ । यो अवधिमा टेर्रा भाउमा २४ प्रतिशत बढोत्तरी आएसँगै विश्वको सातौँ सबैभन्दा मूल्यवान क्रिप्टो बनेको छ । त्यस्तै एभालेन्चमा १९ प्रतिशत र मिम क्रिप्टो शिबा इनुमा १० प्रतिशत बढोत्तरी भएको छ ।
क्रिप्टो एक्सचेन्ज वाजिरएक्सका अनुसार दिउँसो १.२६ बजे बिटक्वाइन ११.७१ प्रतिशतले बढेर ४३ हजार ३५५ डलरमा कारोबार भइरहेको थियो । बिटक्वाइनको मूल्य गत नोभेम्बरको सुरुआतमा ६८ हजार डलर पार गरेको थियो ।
यसैगरी विश्वको दोस्रो ठूलो क्रिप्टो इथर ९.३४ प्रतिशतले बढेर २९१६ डलरमा कारोबार भइरहेको छ । माइम क्रिप्टो डोगेकोइनमा ४.९२ प्रतिशत र शिबा इनुमा ७.१६ प्रतिशतको बढोत्तरीका साथ कारोबार भइरहेको छ ।
प्रतिक्रिया