एजेन्सी - एप्पल कम्पनीले रुसमा आफ्ना सबै उत्पादन बिक्रीमा प्रतिबन्ध लगाएको छ । युक्रेनमा भएको आक्रमणका कारण यस्तो निर्णय लिने सबैभन्दा ठूलो कम्पनी एप्पल हो । एप्पलबाहेक ऊर्जा कम्पनी एक्सोनमोबिलले पनि रुसमा आफ्नो काम र लगानी बन्द गर्ने घोषणा गरेको छ ।
आईफोन निर्माता एप्पलले रुसी आक्रमणबाट ‘गहिरो चिन्तित’ भएको र ती ‘हिंसाका पीडितहरु’ सँग उभिने बताएको छ । यससँगै कम्पनी रुसमा एप्पल पे र एप्पल नक्साजस्ता सेवा पनि सीमित गरेको छ ।
गुगलले रुसको राज्य–सहायता प्राप्त मिडिया आरटीलाई पनि यसको सुविधाहरुबाट हटाएको छ ।समाचार एजेन्सी आरआईएका अनुसार रुसको भीटीबी बैंकजस्ता एप अब एप्पलको आईओएस अपरेटिङ सिस्टममा रुसी भाषामा चल्न पाउने छैनन् ।
प्रतिक्रिया