काठमाडौं - आइएमईले बैंक डिपोजिटलाई लक्षित गरी होस्टेमा हैंसे अफर सार्वजनिक गरेको छ । सेवाग्राहीमुखी उक्त अफर फागुन १७ देखि चैत्र १७ सम्म लागु रहनेछ ।
उक्त अफर अन्तर्गत नेपालभरी जुनसुकै बैंक तथा वित्तीय संस्था, सहकारी संस्था तथा आइएमई पे वालेट खातामा सिधै रकम पठाउँदा हरेक दिन पाँच जनालाई १ हजार, हरेक हप्ता दुई जनालाई २५ हजार तथा बम्परमा एक जना भाग्यशाली सेवाग्राहीलाई १ लाख ५० हजार रकम पुरस्कार स्वरूप प्रदान गरिनेछ ।
अफर अवधिमा भाग्यशाली विजेता छनौटका लागि कम्पनीले निश्चित सेवा र शर्तहरू निर्धारण गरेको छ । सेवा र शर्तहरू अनुसार भाग्यशाली विजेताको छनौट प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत गरिनेछ कम्पनीले जनाएको छ ।
प्रतिक्रिया