यूएईमा स्वास्थ्य सुरक्षाका मापदण्ड खुकुलो

३ बर्ष अगाडि

काठमाडौं - कोरोना भाइरस संक्रमणको प्रभाव कम भएपछि यूएईले स्वास्थ्य सुरक्षाका मापदण्डलाई खुकुलो बनाएको छ । मार्च १ देखि लागू हुने गरी यूएईले घरबाहिर वा सार्वजनिक स्थलमा अनिवार्य मास्क लगाउनुपर्ने नियम हटाएको छ । घरभित्र अर्थात हलमा हुने भेलामा भने मास्क अनिवार्य गरिएको छ ।

 यूएईको राष्ट्रिय आपतकालीन संकट व्यवस्थापन समितिलाई उदृत गर्दै खलिज टाइमले  कोरोना पोजेटिभ भएकासँग कन्ट्याक्ट ट्रेसिङमा रहेकालाई अनिवार्य क्वरेन्टिनको नियम पनि  हटाइने उल्लेख गरेको छ ।

कोरोना संक्रमितहरुलाई आइसोलेशनमा बस्नुपर्ने नियम यथावत राख्दै यूएईले आफ्नो देश प्रवेश गर्ने यात्रुले पूर्ण मात्रा खोप लगाएको प्रमाण देखाउन नसक्ने भए ४८ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्ट देखाउनुपर्ने व्यवस्था गरेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया