ज्योति लाइफद्धारा ५ लाख बढि मृत्यु दाबी भुक्तानी

४ बर्ष अगाडि

काठमाडौं - ज्योति लाइफ इन्स्योरेन्सले ५ लाख बढि मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको पाल्पा शाखाले उक्त रकम भुक्तानी गरेको हो । 

कम्पनीले तानसेन ११ स्थायी घर भइ हाल भारतमा रोजगारको सिलसिलामा मृत्यु भएका बम बहादुर सुर्यवंशिको परिवारलाई मृत्युपछी दाबी रकम बापत ५ लाख ८ हजार ३३३ रुपैया भुक्तानी गरेको हो ।

मृतक बम बहादुरले ६ महिना अघि ज्योती लाइफ इन्स्योरेन्समा ५ लाख बराबरको बीमा गरेका थिए तर बीमा गरेको ६ महिनामै उनको मृत्यु भएपछी उनको परिवारलाई उक्त रकम भुक्तानी गरिएको कम्पनीले जनाएको छ । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया