आइएमई लाइफ इन्स्योरेन्सले माग्यो भारी संख्यामा कर्मचारी, योग्यता कति ?

४ बर्ष अगाडि

काठमाडौं - आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भारी संख्यामा कर्मचारीको माग गरेको छ । कम्पनीले सातै प्रदेशका लागि कर्मचारीको माग गरेको हो । 

कम्पनीले एक सुचना जारी गर्दै स्टेट विजनेश हेड पदमा बागमति र गण्डकी प्रदेशका लागि २ जना, एरिया ब्रान्च म्यानेजर पदमा नेपालगञ्ज र धादिङका लागि २ जना, सिएका लागि २ जना, टिम हेडका लागि १ जना, आइटि एक्ज्युकिटिभका लागि एकजना कर्मचारीको आवश्यक रहेको जनाएको छ । 

साथै सातै प्रदेशका लागि कम्पनीको विभिन्न शाखामा ब्रान्च म्यानेजर पदका लागि पनि कर्मचारी आवश्यक रहेको जानकारी गराएको छ । कम्पनीले उक्त पदका लागि न्युनतम शैक्षिक योग्यता स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ । 

ईच्छुक योग्यता पुगेकाले फागुन २० गतेभित्र आवेदन दिनुपर्नेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया