कृषि विकास बैंकको २० प्रतिशत बोनस शेयरधनीहरूको बैंक खातामा

४ बर्ष अगाडि

काठमाडौं - कृषि विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूको बैंक खातामा बनोस शेयर जम्मा गरेको छ ।

कम्पनीको पौष २९ गते सम्पन्न भएको १५ औँ वार्षिक साधारण सभाले पारित गरेको २० प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेन्ज र सिडिएस एण्ड क्लियरिङ्गमा सूचिकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था भईसकेको बैंकले जनाएको छ । 

साथै मिति पुस १५ गतेसम्म शेयर अभौतिकीकरण गराएका बैंकका शेयरधनीहरुको बोनस शेयर सम्बन्धित हितग्राही खातामा जम्मा गरिएको र सो मिति पश्चात् शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हकमा क्रमशः उक्त बोनस शेयर जम्मा हुनेछ । 

हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीहरुले आफ्नो शेयर अभौतिकीकरण गराई आफनो बोनस शेयर समेत हितग्राही खातामा नै प्राप्त गर्न सकिने बैंकले जनाएको छ । कम्पनीको सेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया