काठमाडौं-सानिमा इक्विटी फण्डले माघ मसान्तसम्म २ करोड २८ लाख नोक्सानी ब्यहोरेको हो । पुस मसान्तसम्ममा फण्डले रू। ३ करोड ५१ लाख नाफा कमाएको थियो । सानिमा इक्विटी फण्डले हालै सार्वजनिक गरेको खुद सम्पत्ति मूल्य विवरण यस्तो देखाएको हो ।
पुस मसान्तसम्ममा फण्डको कुल खर्च २ करोड २७ लाख रहेकोमा माघ मसान्त सम्ममा बढेर २ करोड ६१ लाख पुगेको छ ।
त्यसैगरी फण्डको आम्दानी पनि कमी आएको फण्डले पुस मसान्तसम्ममा ५ करोड ७९ लाख कुल आम्दानी रहेकोमा माघ मसान्तसम्ममा घटेर ३२ लाख ८७ हजारमा झरेको हो ।
त्यसैगरी, फण्डको एनएभी पनि पुस मसान्तको तुलनामा माघ महीनामा घटेको छ । पुस मसान्तसम्ममा फण्डको एनएभी १७ दशमलव ९३ रहेकोमा माघ महीनामा १७.४९ कायम भएको छ । माघ मसान्तसम्ममा फण्डले सूचीकृत शेयरमा १ अर्ब ३६ करोड लगानी गरेको छ ।
प्रतिक्रिया