आकर्षक तलबसहित कतारमा ४३ जना पुरुष कामदारको माग, सुविधा के के ?

३ बर्ष अगाडि

काठमाडौं- कतारको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । PROCESS CHEMICAL TECHNOLOGY नामक कम्पनीले विभिन्न पदाका लागि ४३ जना नेपाली पुरुष कामदारको माग गरेको हो ।  

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले मासिक तलब खान बस्न सहित ३२ हजार देखि ५५ हजार बढि पाउनेछ । इच्छुक कामदारले AL RASS Recruitment Services Pvt.Ltd. काठमाडौंमा फागुन २३ गते अन्तरवार्ता दिनु पर्ने छ ।

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नुपर्ने छ । यस्तै, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया