काठमाडौं- प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्डले माघ मसान्त सम्ममा ९ करोड ५१ लाख रुपैंया नाफा कमाएको छ । कम्पनीले हालै सार्वजनिक गरेको खुद सम्पत्ति मूल्य विवरणले यस्तो देखाएको हो ।
उक्त वित्तीय विवरण अनुसार फण्डको यो नाफा पुस मसान्तको तुलनामा भने १३ प्रतिशतले कमि आएको हो । फण्डले पुस मसान्तसम्ममा १० करोड ९९ लाख रुपैंया नाफा कमाएको थियो ।
पुस मसान्तसम्ममा १२ करोड १८ लाख नाफा कमाएको उक्त फण्डको नाफा माघ मसान्तसम्ममा घटेर १० करोड ८९ लाख कायम भएको हो ।
पुस मसान्त सम्ममा फण्डको एनएभी १०.२ रहेकोमा माघ मसान्त सम्ममा घटेर १०.७० कायम भएको छ ।
माघ मसान्तसम्ममा फण्डले सूचीकृत शेयरमा ५ करोड ८२ लाख लगानी गरेको छ । यो लगानी पुस मसान्तसम्ममा ५४ करोड ५० लाख थियो ।
प्रतिक्रिया